समाचार

प्रतिनिधिसभामा जनताका समस्या उठाउँदै सांसद पराजुली



काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ का सांसद भरत प्रसाद पराजुली ले जनतासँग प्रत्यक्ष जोडिएका विभिन्न समस्या प्रतिनिधिसभामा उठाएका छन् ।
सांसद पराजुलीले २०७२ सालको विनाशकारी भूकम्प तथा भोटेकोशी बाढीका कारण छेतविच्छेद बनेका सडक तथा पूर्वाधारलाई राष्ट्रिय गौरवको योजनामा समेटेर विकास गर्न सरकारसँग माग गरेका हुन् ।
उनले सिन्धुपाल्चोकसहित देशका विभिन्न स्थानमा रहेका गुठी तथा सुकुम्बासी समस्याको दीगो समाधान गर्न आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै किसानहरूले भोगिरहेको बाँदर र बँदेल आतंकका कारण बाली नष्ट भइरहेको विषय पनि सदनमा उठाउँदै कृषक संरक्षणका लागि प्रभावकारी कार्यक्रम ल्याउन आग्रह गरे ।

प्रकाशित : २९ बैशाख २०८३, मंगलबार, ,