काठमाण्डौ – आजदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने भएको छ । अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म धरहरा खुल्ने शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिनु भयो ।
यसअघि दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म धरहरा सर्वसाधारणका लागि खुल्ला हुँदै आएको थियो ।
त्यस्तै अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने भएको छ । अब शनिवार दिइने साप्ताहिक बिदाको सट्टा बुधवार धरहरा बन्द हुने भएको छ ।
२०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि गएको असोज ३ गतेदेखि परिक्षणका रुपमा खुला गरिएको थियो । गएको मङ्सिर ९ गतेदेखि भने शुल्कसहित धरहरा खुला गरिएको हो
























प्रतिक्रिया