विश्व । बेल्जियममा सोमवार राति भएको विश्वकप छनोट खेलका क्रममा स्ट्यान्डबाट लडेर वेल्सका समर्थक घाइते भएका छन् ।
२९ वर्षीय ती व्यक्ति ब्रसेल्सको किङ बाउडोइन रङ्गशालामा माथिल्लो तलाबाट तल्लो तलामा खसेका बीबीसीले जनाएको छ । उनको नाम भने खुलाइएको छैन ।
ब्रसेल्सको अस्पताल लगिनुअघि ती व्यक्तिको घटनास्थलमै उपचार भएको प्रहरीले पुष्टि गरेको छ । उनको ढाडमा सामान्य चोट लागेको र छिटै अस्पतालबाट डिस्चार्ज हुने खबरमा उल्लेख छ ।
बेल्जियमसँगको खेलमा वेल्सले तेस्रो गोल गर्दै खेल बराबरी गर्दा समर्थकहरूबीच उत्सव मनाउने क्रममा ती व्यक्ति लडेका विश्वास गरिएको छ । यो खेलमा वेल्स बेल्जियमसँग ४–३ गोलले पराजित भएको थियो ।
यो खेल हेर्न वेल्सका झन्डै चार हजार पाँच सय जना समर्थक रङ्गशालामा पुगेका थिए ।
























प्रतिक्रिया