सूचना / प्रविधि

सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासङ्घको चेतावनी



काठमाडौं– सरकारले सामाजिक सञ्जालका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने गरी विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ ।

महासङ्घले राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक तत्काल फिर्ता लिन र महासङ्घसहित सरोकारवालासँग छलफल गरेर पुनर्लेखन गर्न माग गरेको छ ।

सोमबार र मंगलबार काभ्रेको धुलिखेलमा बसेको महासङ्घको पहिलो कार्यमूलक बैठकले सरकारले यही अवस्थामा उक्त विधेयकलाई अघि बढाए महासङ्घ आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।

प्रकाशित : १ फाल्गुन २०८१, बिहिबार, ,