काठमाडौँ । कायममुकायम गभर्नर निलम ढुङ्गानाले अर्थतन्त्रका सूचकहरुमा क्रमिक सुधार हुँदै गएको दावी गरेकी छिन्। नेपाल राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सवका अवसरमा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुद्रास्फीतिमा सुधार आएको,कुल विदेशी संचितिसमेत पर्याप्त रहेको,निजी क्षेत्रको कर्जा विस्तार प्रभावकारी बन्दै गएको बताएकी हुन्। बैंक तथा वित्तीय संस्थाहरुमा गैरसम्पत्ति बढ्दै गए पनि बैंकहरुको कर्जा प्रवाह बढेको बताउँदै…