breaking news

सुनको मूल्यमा नयाँ कीर्तिमान



काठमाडौं । आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आज २५ सय रुपैयाँले सुनको मूल्य बढेसँगै नयाँ कीर्तिमान कायम भएको हो।

आइतबार तोलामा २ लाख ३० हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा २ हजार ९ सय ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर प्रतितोला २ हजार ९ सय ६० रुपैयाँ पुगेको हो।

प्रकाशित : २० आश्विन २०८२, सोमबार, ,