काठमाडौं – सुनसरीकाे धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई अर्थात् हर्क ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनुभएको छ ।
मेयर साम्पाङले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दर्ताका लागि निवेदन दिनुभएको र कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार सबै मापदण्ड पूरा भएमा दशैँ बिदा सकिएपछि दल दर्ता हुने छ ।























प्रतिक्रिया