breaking news

दशैं अवधिमा सर्वोच्च अदालत बन्दीप्रत्यक्षीकरणको सुनुवाइ हुने



काठमाडौँ । सर्वोच्च अदालतले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरण ९हवालारकस्टडी रिट० सम्बन्धी रिट निवेदनमा सुनुवाइ बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म गर्ने भएको छ।

अदालत प्रशासनका अनुसार, घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबार बाहेकका दिनहरूमा मात्र सुनुवाइ हुनेछ।

अदालतको सूचनामा भनिएको छ, “न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने विशेष दिनहरू बाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।”

प्रकाशित : ६ आश्विन २०८२, सोमबार, ,