breaking news

सुनको मूल्यमा सामान्य गिरावट



काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

आज सुन प्रतितोला एक हजार रुपैयाँ घटेको हो। आज सुन घटेसँगै २ लाख १६ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

हिजो सुन तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। आज चाँदीमा ४५ रुपैयाँले घटेर तोलामा २ हजार ५ सय ५० रुपैयाँ पुगेको छ।

प्रकाशित : १ आश्विन २०८२, बुधबार, ,