मुख्य समाचार

काठमाण्डौ महानगरको बजेट ल्याउने प्रक्रियामा सहभागी हुन उपमेयर डङ्गोलको अपील



काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपील गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उपमेयर डङ्गोलले वातावरण बिगार्ने नभई सम्हालेर, आवेग र उत्तेजनामा नभई संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बन्न अपील गर्नुभएको हो । उहाँले बजेट ल्याउने वातावरण बनाउन मेयर बालेन्द्र शाहसँग भेटेरै अनुरोध गरेको पनि उल्लेख गर्नुभएको छ ।

मेयर बालेन्द्र शाह र प्रमुख कार्यकारी अधिकृतबीचको असमझदारीका कारण काठमाण्डाै महानगरपालिकाले अझै आउँदो आर्थिक वर्षको बजेट ल्याएको छैन । संवैधानिक व्यवस्था अनुसार पालिकाहरूले असार १० गतेभित्र कार्यपालिकामा बजेट पेश गरिसक्नुपर्छ ।

हिजो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि मेयर शाहलाई बोलाए बजेटबारेमा चासो राख्नुभएको थियो

प्रकाशित : २३ असार २०८२, सोमबार, ,