मुख्य समाचार

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार नै बजेट आएको छ : अर्थमन्त्री



काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै पौडेलले बजेट तजबिज ढंगले नभइ प्रणाली अन्तर्गत निर्माण भएको बताएका हुन्। उनले बजेट कर्मकाण्डीका रुपमा नभइ तथ्यपरक रुपमा आएको र संसदले पारित गरेपछि कार्यान्वयनमा जाने बताए।

अर्थमन्त्री पौडेलले ऋणको दायरा असिमित नहोस् भनेर सरकार सचेत रहेको, उत्पादन र पूँजीगत खर्चमा सदुपयोगका लागि विशेष ध्यान दिने बताएका छन्।

प्रकाशित : १९ असार २०८२, बिहिबार, ,