राजनीति

नेविसंघको माग खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त हुनुपर्ने



काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता प्रणालीमा आधारित भएर खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार मातहतका निकायलाई परिपत्र जारी गरी उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यताका आधारमा खुला प्रतिष्पर्धाबाट उपकुलपति छनोट गर्न माग गर्न र नगरेमा दबाबमूलक अभियान चलाउन माग गरेका यसका लागि सार्वजनिक बहस, हस्ताक्षर सङ्कलन अभियानलगायत अन्य दबाबमूलक रचनात्मक कार्यक्रम गर्न पनि नेविसङ्घले मातहतका निकायलाई निर्देशन दिएको छ । दलीय भागबण्डामा नियुक्त गर्न लागिएकामा संयुक्त विरोध पत्र तयार पारेर सम्बन्धित निकायलाई बुझाइने पनि उनले बताए।

प्रकाशित : १५ असार २०८२, आइतबार, ,