मुख्य समाचार

ग्वार्कोमा बनेको ‘ओभरपास’मा आजदेखि गाडी चल्ने



काठमाण्डौ – काठमाण्डौ उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरको ग्वार्को चोकमा ओभरपास निर्माणले पूर्णता पाएको छ । पटक–पटक भाका सार्दै सम्पन्न भएको ओभरपास आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो विधिवत रूपमा उद्घाटन गर्दै हुनुहुन्छ । फ्लाई ओभर निर्माणका क्रममा सास्ती भोगिरहेका नागरिक अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने अपेक्षा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाण्डौ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो । तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो ।

प्रकाशित : ६ असार २०८२, शुक्रबार, ,