काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नैं नेप्से उच्च अंकले घटेको छ । नेप्से आज ३४ दशमलव ६३ अंकले घटेर २७ सय चार दशमलव शुन्य आठ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३७ अंकले घटेर चार सय ६१ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४१ वटा कम्पनीहरुको ६८ हजार छ सय ३५ पटकको कारोबारमा एक करोड ७४ हजार पाँच सय २४ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम चार अर्ब २६ करोड ५३ लाख ९० हजार दुई सय चार रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । सो मध्ये लघुवित्त समुहको सुचक शुन्य दशमलव शुन्य दुई अंकले बढेर बाँकी समुहहरुको सुचक उच्च अंकले घटेकाछन् । आज बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ३६ अंकले घटेर १४ सय २१ दशमलव ९६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ८५ दशमलव ८४ अंकले घटेर तीन हजार सात सय ६३ दशमलव ५८ अंकमा पुगेको छ ।
जीवन बीमा समुहको सुचक पनि ६१ दशमलव ३२ अंकले घटेर १२ हजार तीन सय ३९ दशमलव ८८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय दशमलव ६१ अंकले घटेर १० हजार छ सय ३० दशमलव ३७ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज फरवार्ड माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

























प्रतिक्रिया