मुख्य समाचार

राष्ट्रपतिले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने बताइएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो। नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले सङ्घीय संसद्को कुनै एक सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने तथा त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था रहेको छ।

यसैबीच, आजै रातिदेखि सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको जनाइएको छ।

प्रकाशित : २७ चैत्र २०८२, शुक्रबार, ,