काठमाडौं । हमासको सशस्त्र समूहले गाजामा रहेका ४८ जना इजरेली बन्धकहरूको ‘बिदाइ तस्बिर’ भन्दै एक फोटो सार्वजनिक गरेको छ।
उक्त तस्बिरमा नेपालका विद्यार्थी विपिन जोशी पनि देखिएका छन्।
तस्वीरमा मैनबत्ती बालिएको छ। इजरायलले गाजा कब्जा गर्ने र त्यहाँ तीव्र आक्रमण जारी राखिरहेको बेला यो तस्बिर बाहिर आएको हो।
शनिबार सार्वजनिक गरिएको उक्त तस्बिरमा जीवित र मृत दुवै बन्धकहरूको अनुहार देखाइएको जनाइएको छ। इजरायलले गाजा कब्जा गर्न अघि बढेसँगै बन्धकहरूको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरिएको बताइएको छ।
फोटोमा ‘रोन अराड’ भन्ने शीर्षक राखिएको थियो, जो सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरेली वायुसेनाका क्याप्टेनसँग सम्बन्धित सन्दर्भ हो।























प्रतिक्रिया