चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा खसेको पहिरो पन्छाउने काम विहानैदेखि सुरु भएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका तीनवटा मेसिन परिचालन गरी बिहानैदेखि पहिरो हटाउने प्रयास भइरहेको छ।
अस्ति साँझ साढे छ बजेदेखि अवरुद्ध भएको सडक ३६ घण्टापछि पनि सञ्चालनमा आउन सकेको छैन।
सडक बन्द हुँदा यात्रुहरू गन्तव्यमा पुग्न नसकी बाटैमा रोकिएका छन्।
लगातार पहिरो खस्ने क्रम रोकेमा आजै मध्यान्हसम्म सडक सुचारु गर्न सकिने इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिएका छन्।























प्रतिक्रिया