ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि कर्फ्यू लागू गरिएको जानकारी दिएका छन् ।
कर्फ्यू आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रमा चारकिल्ला तोकिएको छ । तोकिएको सीमाभित्र कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न पाउने छैनन् ।
जेनजीले सोमबार गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । मंगलबार पनि प्रदर्शन हुन सक्ने आशंकामा विभिन्न जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको बताइएकाे छ ।
























प्रतिक्रिया