काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि लागू हुनेगरी चक्रपथभित्र कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार आज बिहान ८ बजेदेखि लागू हुनेगरी बालकुमारी पुलदेखि कोटेश्वर, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्र कर्फ्यूको दायरामा पर्नेछ ।
जेन–जी पुस्ताको आन्दोलनका क्रममा सोमबार प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएपछि अवस्था थप संवेदनशील बनेको थियो । सम्भावित अशान्ति र तनावपूर्ण परिस्थिति रोक्नका लागि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
























प्रतिक्रिया