मुख्य समाचार

नागढुंगा सुरूङ मार्गबाट चल्ने साधनको दस्तुर तोकियो, ६० रुपैयाँदेखि ६०० सम्म



काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ ।

मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकले सुरङमार्गबाट चल्ने सवारी साधनका लागि दस्तुर तोकेको हो।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त सुरूङमार्ग हुँदै चल्ने यातायातका साधनका लागि ६० रुपैयाँदेखि ६०० सय रुपैयाँसम्म दस्तुर तोकिएको जानकारी दिए ।

नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्दै सरकारले कार/भ्यानहरू काठमाडौँ आउँदा ६५ र जाँदा ६० रुपैयाँ कायम गरेको छ ।

उता मिनी बस/ट्रकका लागि काठमाडौँ आउँदा ११५ र जाँदा ८० रुपैयाँ तोकिएको छ । सरकारले बस/ट्रकबाट काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर लिने भएको छ। उता अन्य भारी उपकरणहरू काठमाडौं आउँदा ६०० र जाँदा २५० रुपैयाँ दस्तुर तोक्ने निर्णय गरेको गुरुङले बताएका छन् ।

प्रकाशित : २९ श्रावण २०८२, बिहिबार, ,