मुख्य समाचार

राप्रपा युवा संगठनको काठमाडौं अधिवेशनमा धक्का-मुक्की, अधिवेशन अवरुद्ध



काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा कडा सुरक्षा तैनाथी देखिएको छ ।

अधिवेशनको उद्घाटन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गर्दैछन् ।

राप्रपामा लिङ्देन पक्ष र महामन्त्री धवलशमशेर राणा पक्षबीच विवाद छ ।

यसैबीच अधिवेशनमा हात हालाहालको स्थिति सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेको छ।

कार्यक्रम सुरु हुनु अघि नै केही युवाहरू मञ्चमा उक्लिएर होहल्ला गर्न थालेपछि दुबै पक्षबीच धक्का-मुक्की भएको थियो। त्यसपछि माइकिङ गर्दै सहभागीलाई शान्त रहन र धैर्यपूर्वक बस्न आह्वान गरिएको हो।

राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच जारी विवाद युवा संगठनमा पनि देखिएको छ। अधिवेशन अवरुद्ध हुने अवस्था आएपछि अध्यक्ष लिङ्देनले होहल्ला रोक्न आग्रह गर्दै, पार्टीभित्र अराजकता सहन नसक्ने चेतावनी दिएका छन्।

प्रकाशित : २८ श्रावण २०८२, बुधबार, ,