सिन्धुपाल्चोक । नेपाल चीन उत्तरी सीमा नाका तातोपानी बर्षायम सुरु भएसगै अस्तब्यस्तकै अवस्थामा छ। गत असार २४ को भोटेकोशीको बाढीले रसुवागढी नाका बन्द भएपछि चीनसँगको ब्यापारीक सिमा तातोपानी नाका पहिरो र सडकको दुरअबस्थाले सस्ती भोग्नु परेको छ । नेपाल चीन मितेरी पुलबाट २ किमि नेपाल तर्फको बाटो भासिँदा अहिले व्यावसायिहरु मार खेप्न बध्य् छन । तातोपानी नाका हुदै अहिले आन्तरिक तथा बाह्य पर्यटक कैलाश मानसरोवर जाने गरेका छन् । सडकको अबस्थाले पर्यटकले समेत सास्ती खेप्नु परेको जनप्रतिनिधिहरु बताउँछन ।
अरनिको राजमार्ग स्थित भोटेकोशी गाउँपालिका–२ कोदारीमा गएको पहिरोको कारण हप्ता दिन यता यातायात अवरुद्ध हुँदा व्यापारिक कारोबार देखि पैदल यात्री समेत समस्या भोग्न परेको छ।
यातायात अवरुद्ध हुँदा चीनबाट नेपाल ल्याउन लागेका व्यापारिक सामान बोकेका झन्डै ६ सय कन्टेनर नेपाल आउन सकेका छैन भने सिमा क्षेत्र आएका कन्टेनर पनि अलपत्र अबस्थामा छन। सडक निर्माण नहुदा नजिकिदै गरेको चार्डपर्व लक्षित सामान नआउने भएपछि ब्यापारी चिन्तामा छन। 
सरकारलाई तातोपानी नाका र यहाँको समस्या बारे पटक–पटक जानकारी गराउदा समेत सरकारले तातोपानी नाकालाई संचालन गर्न ध्यान नदिएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा.लीका अध्यक्ष अर्जुन सापकोटाले बताए ।
रसुवाको केरुङ नाका बन्द भएपछि धेरै व्यावसायिहरु समस्यामा परेका छन् ।
सरकारले अवरुद्ध तातोपानी नाकामा सडक संचालन तत्काल नगरे भन्सार कार्यालयमा भएका सबै कन्टेनर अरनिकोको राजमार्गमा तेर्साउने चेतावनी सिन्धुपाल्चोक उद्योग वाणिज्य सघका अध्यक्ष बुद्धराज बस्नेतले दिएका छन। तातोपानी नाका संचालनमा आफुहरु अहोरात्र खटिएको बताउदै अध्यक्ष बस्नेतले सरकारी पक्षले बाटो मर्मत र संचालनमा ध्यान नदिएको बताए।
संघिय सरकार र ठेकेदार कम्पनीको कारण तातोपानीका स्थानीय र व्यावसायिहरुले हरेक बर्ष दुख पाइरहेको अध्यक्ष बस्नेतको दाबी छ।
निरन्तरको बर्षाले अरनिको राजमार्ग कोदारीको इकोमा सडक भासिएको छ त्यसले गर्दा नेपालको भन्सार यार्डमा कन्टेनर आउन सकेको छैन । अहिले नाका बाट नेपाल कन्टेनर आउने अबस्था नरहेको भन्सार कार्यालय तातोपानीका सूचना अधिकारी सुर्य प्रसाद काफ्लेले बताए ।
पहिरो पन्छाउदा माथील्लो भोगको बस्ती बग्ने भएपछि स्थानीयले सडक खुलाउन अवरोध गरेका छन । स्थानीयको बस्ती जोगाएर सडक खुलाउन भोटेकोसी गाउँपालिकाका जनप्रतिनिधिले स्थानीय नागरिक, प्रहरी प्रशासन भन्सार कार्यालय र नाका सम्बद्ध व्यावसायिहरुको साझेदारमा सडकको पहिरो पन्छाउने सहमति भएपछि अहिले सडक निर्माण गर्न सबै निकाय लागि परेका छन।























प्रतिक्रिया