काठमाडौं । काठमाडौं महानगरपालिका २५ न्ह्यौखा स्थित श्री कृष्णमन्दिर आधारभूत बिद्यालयमा अध्ययन गर्ने सम्पुर्ण बिद्यार्थीहरुलाई स्कुल पोसाक, जुत्ता, मोजा, ब्याग स्टेसनरी बितरण गरिएको छ। सहयोगी संस्था हिमालय फ्रेन्डस ई भी जर्मनीको सहयोगमा सामाग्री बितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका शिक्षा बिभागका शिक्षा अधिकृत नेत्र नारायण पौडेलले महानगर भित्र बसोबास गर्नुहुने अभिभावकका छोराछोरी आर्थिक अभावमा शिक्षाबाट बन्चित हुननपर्ने बताउनुभयो । महानगरले सार्वजनिक शिक्षामा लगानी बढाएको बताउदै सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि शिक्षामा सीप, नतिजा सुधार लगायत सामुदायिक बिद्यालयको स्थर उन्नतिका लागि धेरै कार्यक्रम ल्याएको बताउनुभयो ।
अभिभावकहरुले बालबालिकाहरुलाई बिद्यालय पठाएर मात्र हुँदैन। आफ्ना बालबालिकाले के सिके, बिद्यालयले के के कुरामा सुधार गर्न पर्छ भन्ने बिषयमा बिद्यालयमा आएर प्र.अ. शिक्षकहरुलाई झकझकाउनु पर्छ भन्नुभयो। जर्मनीमा रहेको संस्थाले संकलन गरेको केही रकम सामुदायिक बिद्यालयमा पढने न्यून आय भएका बिद्यार्थी अभिभावकलाई सहयोग पुग्ने गरि वर्षै भरिलाई पुग्ने स्टेसनरी, स्कुल पोसाक उपलब्ध गराएर सहयोग गर्नुभएकोमा हिमालय फ्रेन्डस ई भी जर्मनी र संस्थामा आवद्ध सम्पुर्ण सदस्यहरुमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। 
कार्यक्रमका बिशिस्ट अतिथि हिमालय फ्रेन्डस ई भी जर्मनीका नेपाल प्रतिनिधि प्रशान्त मोहन रेग्मीले २०१७ देखि नै यस बिद्यालयमा पढ्ने बिद्यार्थीहरुलाई विविध पक्षमा सहयोग गर्दै आएको बताउनु भयो । सुरुमा दिवा खाजामा सहयो गर्दै आएकोमा संघीय सरकार र स्थानीय सरकारले दिवा खाजामा अनुदान दिन थाले पछि संस्थाले स्कुल पोसाक र स्टेसनरीमा सहयोग गर्दै आएको बताउनुभयो । संस्थाको सहयोगलाई पारदर्शी रुपमा सदुपयोग गर्न ब्यवस्थापन समिति, शिक्षक अभिभावकमा आग्रह गर्नुभयो । आगामी दिनमा बिद्यार्थीहरुको
आवस्यकता अनुरुपको प्रस्ताव पेश गर्न सुझाव दिदै रेग्मीले आगामी दिनमा पनि संस्थाको साथ र सपोर्ट रहने बताउनु भयो। बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष राजेश डगोलले संस्थाले उपलब्ध गराएको सामाग्रीले अभिभावक बिद्यार्थी लाभान्वित भएको बताउनुभयो । सहयोगको सहि सदुपयोग र शैक्षिक गुणस्तर कायम राख्न शिक्षक साथीहरू लागि पर्नुपने अध्यक्षको भनाई थियो। संस्थाले अभिभावकिय भुमिका निर्वाह गरेर गरेको सहयोग प्रती हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा का.म.पा.२५ वडा सदस्य रुपा प्रजापति, पुर्व प्र.अ. देबु कुमारी पौडेलले संस्थाले पुर्याएको योगदानको चर्चा गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रममा बि ब्य स सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा १७५ भन्दा बढी बिद्यार्थीहरुलाई स्कुल पोसाक स्टेसनरी बितरण गरिएको थियो।






















प्रतिक्रिया