मुख्य समाचार

दुईवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा संसदीय समितिको बैठक बस्दैछ ।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि दफावार छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने तयारी छ ।

प्रकाशित : २० श्रावण २०८२, मंगलबार, ,