काठमाडौँ, साउन १४ गते । गृहमन्त्री रमेश लेखकले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै नयाँ चार चुनौती औँल्याउनुभयो । लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण गर्नु पहिलो हो । लागूऔषधसँगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइमजस्ता चुनौती थपिएको निष्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाउनुभएका गृहमन्त्री लेखकको पहिलो वर्षको कार्यकालमा लागूऔषधविरुद्ध मुलुकभर नियन्त्रणका लागि महाभियान सञ्चालन गर्नुभयो ।
काठमाडौँ उपत्यकामा लागूऔषधविरुद्धको प्रहरीमार्फत महाभियान सञ्चालन भइरहेका छन् । गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रणका लागि मातहतका प्रहरीका साथै आमनागरिक, अभिभावकलगायत सरोकार भएका निकायले महाभियानमा साथ दिनुपर्नेमा जोड दिनुभयो























प्रतिक्रिया