खेलकूद

एनपीएलका खेलहरू फ्लडलाइटमा हुने



काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका  खेलहरू फ्लडलाइटमा पनि सञ्चालन हुने भएका छन्।

अहिले फ्लडलाइट राख्ने काम धमाधम भइरहेको छ । फ्लडलाइट राख्ने काम यो हप्तानै सकिने बताइएको छ ।

क्यानले प्रकाशित खेलतालिका अनुसार, हरेक दिनको एक खेल साँझमा टुगिने गरी आयोजना गरिने छ।

मंसीर १ गते जनकपुर र काठमाडौंबीचको खेल दिउँसो ४ बजे सुरु भएपछि फ्लडलाइट बल्ने व्यवस्था गरिएको छ।

यसअघि दिउँसो ११:४५ बजे सुरु हुने खेलहरू ३:३० बजे र ४ बजे सुरु हुने र फ्लडलाइटमा टुंगिने बताइएको छ।

नेपालमा यो पहिलो पटक फ्लडलाइटमा क्रिकेट खेल आयोजना हुन लागेको हो। एनपीएल सुरु हुन झण्डै एक साता बाँकी रहेको अवस्थामा पुनर्निर्मित कीर्तिपुर मैदानमा हाल फ्लडलाइटका कामहरू भइरहेको छ।

प्रकाशित : २५ कार्तिक २०८२, मंगलबार, ,