back

नेपाल डेरी एसााेसिएसनकाे माेहि अभियान पोखरामा पुग्यो”

पाेखरा -३३, कास्कीमा अवस्थित श्री सित्तुम कस्यारी सिम्सार तथा पातलेस्वारा सामुदायिक वन उपभोक्ता समुहकाे ३२ औं साधारणसभा तथा अधिवेशन यहि आश्विन १३ गते शनिवार अध्यक्ष विजय प्रसाद आचार्यकाे अध्यक्षतामा सम्पन्न भयो ।कार्यक्रममा सचिव धनेश्वरी आचार्य र उपाध्यक्ष पुस्पराज आचार्यले स्वागत मन्तव्य राख्दै शुरु भयाे भने उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा कास्की -२ का प्रतिनिधि सभा सदस्य माननीय विधा भट्टराई अधिकारीले सामुदायिक वनले गरेका उल्लेखनीय कार्यहरुकाे प्रशंसा गर्दै नेपालका कानुनहरुमा सवैभन्दा कडा रहेकाे वन कानुनलाई समुहको हितमा केहि बुँदाहरुमा व्यवहारिकता हेर्नुपर्ने र निति निर्माण गर्दा वाझिएका बुँदाहरु संसाेधन गर्न पहलकदमी गर्नु पर्ने कुरा बताउनु भयाे । साथै वहाँले अब वनलाई संरक्षण मात्रै नभइ आय मुलक र उत्पादनमूलक वनजन्य उद्योग गरेर सम्पूर्ण उपभोक्ताकाे हितमा हुने गरि काम गर्नुपर्ने कुरामा विशेष जाेड दिनुभयो ।

उक्त कार्यक्रममा विशेष अतिथि पाेखरा -३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले विकास निर्माण गर्दा वनलाई असर नपर्नेगरि गर्नुपर्ने र अतिक्रमित वन जाेगाउँन वडाले प्रमुख भुमिका निर्वाह गर्ने कुरा बताउनु भयाे । त्यसैगरि विशेष अतिथि वन महासंघ पाेखराका अध्यक्ष कमल भुजेलले सामुदायिक वनमा राज्य तवरबाट लगाउन लागिएकाे तेहाेराे कर हटाउनुपर्ने र सामुदायिक वन स्थानीय सरकार, प्रदेश सरकार वा संघिय सरकार कुन मातहतमा पर्ने हाे स्पष्ट हुनु पर्ने कुरा बताउनु भयाे । साउनेपानी लिफ्टिङ खानेपानीका अध्यक्ष तथा नेपाल डेरी एसाेसिएसनका केन्द्रीय सचिव शिवहरि आचार्यले अब वन जाेगााउने मात्रै हैन वनवाट आयमुलक आम्दानी हुने वनजन्य उद्योगमा लगानी गरि उपभोक्ताकाे आर्थिक हितमा काम गर्न सुझाव दिनुभयो । त्यसैगरी पूर्व वडाध्यक्ष शिव प्रसाद आचार्यले आफ्नाे कार्यकालमा वन सम्वन्धि गरेका कार्यहरुकाे वारेमा वताउँदै आफू सदा अहिलेको समितिको पक्षमा रहि साथ सहयोग गरिरहने र केहि कमिकमजोरी भए खबरदारी गरिरहने कुरा बताउनु भयाे । साे कार्यक्रममा पूर्व अध्यक्षहरु, उद्यमी, उत्कृष्ट विद्यार्थीहरु एवं विभिन्न ब्यक्ति विशेषलाई सम्मान गरिएकाे थियाे। अध्यक्षकाे प्रतिवेदन अध्यक्ष विजय प्रसाद आचार्यले र काेषाध्यक्षकाे आर्थिक प्रतिवेदन काेषाध्यक्ष नवराज भण्डारीले प्रस्तुत गर्नु भएको थियाे। अधिवेशनले पुन: अध्यक्षमा विजय प्रसाद आचार्य, उपाध्यक्षमा पुस्पराज आचार्य र तुल वहादुर कार्की , सचिवमा धनेश्वरी आचार्य, उप-सचिवमा सुरज आचार्य र काेषाध्यक्षमा नवराज भण्डारीका साथै ६ जना सदस्य गरि १२ जनाकाे नयाँ कार्य समिति निर्वाचित भएका छन् ।                                                      कार्यक्रममा नेपाल डेरी एसाेसिएसनकाे देशव्यापी दुध तथा दुग्ध पदार्थ खपत अभियान अन्तरगत शुरु गरिएको माेहि अभियानलाई साथ दिदैं कार्यक्रममा उपस्थित सबैलाई मोही सेवन गराइ कार्यक्रम शुरुवात गरिएको थियाे । यो कार्यको उच्च सम्मान गर्दै नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल्ले खुशी भएको कुरा जानकारी गराउनु भयो।


सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

वि.सं.२०८० मंसिर १७ आइतवार १४:२५

काठमाडौं मङ्सिर १७।नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड...

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:१५

दैलेख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्ने...

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:०३

काठमाडौ । आज  कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक...

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

वि.सं.२०८० मंसिर ८ शुक्रवार १४:१९

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आफ्नै घरमा नजरबन्द गरिएको...

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

वि.सं.२०८० मंसिर ७ बिहीवार १९:१८

पोखरा । समकालीन राजनितीमा छुट्टै पहिचान बनाएका नेकपा (एमाले)का अध्यक्ष...

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

वि.सं.२०८० मंसिर ४ सोमवार १३:४०

तातोपानी । चीनसँग जोडिएको उत्तरी तातोपानी नाका ब्यापार सहजीकरण सम्बन्धी...