समाचार

नि:सन्तान जोडीको कथामा सर्ट फिल्म ‘निःशब्द’ निर्माण, फस्टलुकपोस्टर सार्वजनिक



काठमाडौं सन्तान नभएका दाम्पत्य जोडीको संघर्ष समाजले दिएकोमानसिक दबाबलाई केन्द्रमा राखी तयार भएको सर्ट फिल्मनिःशब्दकोफस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। फस्टलुक दर्शकलाई कौतुहलताजगाउने किसिमको बनेको

सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा ओजस्वी विक्रमविष्ट, मिसेल घिमिरे दिवस नाथको अभिनय देख्न सकिनेछ फिल्मकालेखक, निर्देशक तथा निर्माता रामजी ज्ञवाली हुन् छायांकन शंकल्पभुजेलले, सम्पादन नहकुल खड्काले, साउन्ड डिजाइन भरत कंडेलले कलरग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्

हाल पोस्टप्रोडक्सनको अन्तिम चरणमा रहेकोनिःशब्दलाई निर्देशकज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्मफेस्टिभलहरूमा पठाउने तथा अवार्ड प्रतिस्पर्धामा उतार्ने संकेत गरेका छन् उनी भन्छन्, –‘पहिला फिल्मको सम्पुर्ण काम सकिएपछि हामी कसरीदर्शकलाई देखाउने भन्ने बिषयमा निर्णय गर्नेछौं तर, युट्युब हाम्रो पहिलोप्राथमिता चैं होइन

निःशब्दले सन्तान नहुँदा समाज पारिवारिक दबाबले भोग्नुपर्ने पीडा, विवशता मौन पीडालाई पर्दामा जीवन्त पार्ने निर्माण टिमले जनाएको निर्देशक ज्ञवालीका अनुसार, यो फिल्मले दर्शकलाई भावनात्मक रूपमाछोईदिनेछ समाजलाई सोच्न बाध्य पार्नेछ ज्ञवाली फेरी भन्छन्, –‘सर्टफिल्ममा ठुलो फिल्ममा जस्तो सहजै कथा भन्नलाई समय हुँदैन हामीलेछोटो समयमा केहि बोल्दैछौं दर्शकले छोटो कथामा धेरै कुरा वुझ्नेछन्

रामजी ज्ञवालीले यसअघि निर्माण गरेकारित्तो गाउँ, ‘लापत्ता सन्तान डकुड्रामामौन समेत प्रदर्शनको पर्खाइमा छन्निःशब्दसहित उनका चारप्रोजेक्ट दर्शकमाझ आउन बाँकी छन्रित्तो गाउँ ले राष्ट्रिय तथाअन्र्तराष्ट्रिय अवार्डहरु प्राप्त गरिरहेको भने विभिन्न फेस्टिवलहरुमा प्रदर्शनभइरहेको

एक दशक लामो पत्रकारिता यात्रापछि फिल्म निर्देशनमा होमिएका ज्ञवालीलेयसअघिडार्कमुन, ‘एक लभर, ‘हनिमुन, ‘आराध्या लिलामीलगायतका चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका छन्

प्रकाशित : ९ श्रावण २०८२, शुक्रबार, ,