सिन्धुपाल्चोक । स्थानीय सरकारको पाँच वर्षे कार्यकालमा तीन वर्ष पूरा हुँदै गर्दा मेलम्ची नगरपालिकामा जनता संग हातेमालो गर्दै नगर प्रमुखको जिम्मेवारीको यात्रा सफलता पुर्वक निर्वाह गरेको कुरा मेलम्ची नगर पालिका प्रमुख आइतमान तामाङले बताउनुभयो । उर्जाशिल खबरको भेटमा नगर प्रमुख तामाङले तीन वर्षे अवधिको स्मरण गर्दै सामाजिक न्याय, सुशासन, बिकास, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पर्यटन लगायतका क्षेत्रमा उल्लेख्य कामहरु भएको बताउनुभयो ।
जनताले उठाएका बिषयहरुलाई प्राथमिकतामा राख्दै जनताको घरदैलोमा पुगेर जनताका आवाजहरू सम्बोधन गर्ने तर्फ आफू सदैब लागि परेको बताउनुभयो । तीन वर्षे यात्रामा नगरको दिगो विकास हाम्रो नगरपालिकाको मेरुदण्ड भएकाले पूर्वाधारको विस्तारसँगै वातावरणीय संवेदनशीलता र सामाजिक न्यायलाई सँगै अँगालिएको नगर प्रमुख तामाङले बताउनुभयो ।
तीन वर्षको सफल यात्रामा आफुले मेलम्ची नगर वासीको हरेक मुस्कान, हरेक आशा, र हरेक सपनलाई आत्मसात गर्दै जनहितको सेवामा समर्पित गर्दै आएको बताउनुभयो ।
बाँकी रहेको दुई वर्षको समय नगरवासीको सेवामा प्रभावकारी, समावेशी र दिगो मेलम्ची निर्माणमा समर्पित हुने उहाँको भनाई थियो ।
मेलम्ची नगरपालिकाको विकास, समृद्दिलाई परिस्कृत गर्न बाकी समय नगर वासीको हितमा काम गरेर नमूना नगरको रुपमा मेलम्ची नगरपालिकालाई चिनाउन आफू लागि पर्ने प्रमुख तामाङले बताउनु भयो।























प्रतिक्रिया