काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन १३ दसमलव ३५ अंकले खुम्चिएको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार चार दशमलव ५९ अंकले बढेर २६ सय ४० दशमलव ५४ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९२ अंकले बढेर चार सय ५५ दशमलव ९३ अंकमा चढेको छ । तीन सय २८ वटा कम्पनीहरुको ६९ हजार दुई सय ६१ पटकको कारोबारमा एक करोड चार लाख ३१ हजार सात सय ६० कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम चार अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैंैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहले गुमाएका छन् भने बाँकीले कमाएका छन् । ति मध्ये फाईनान्स समुहको सुचक १० दशमलव ६१ अंकले घटेर २३ सय ८२ दशमलव ६२ अंकमा पुगेको छ भने लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने आज चार दशमलव २२ अंकले बढेर १३ सय ७५ दशमलव ९८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १० दशमलव ७० अंकले बढेर ३३ सय ४९ दशमलव शुन्य छ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव ७७ अंकले बढेर १२ हजार नौं सय १५ दशमलव ३० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २९ दशमलव ३० अंकले बढेर १० हजार नौं सय १४ दशमलव शुन्य तीन अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, होटल तथा पर्यटन र उत्पादनमुलक समुहको सुचक पनि बढेका छन् ।
























प्रतिक्रिया