breaking news

एमालेले ६ उम्मेदवारको नाम टुंगो लगायो:राष्ट्रिय सभा निर्वाचन



काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेले अन्य दलसँगको गठबन्धनबाट सात सिट पाएको छ। राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबीच तालमेल भएको छ।

एमालेले मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै टुंगो लगाउन बाँकी राखेको छ। बाँकी ६ प्रदेशका लागि उम्मेदवार तय गरिएको हो।

एमालेका अनुसार कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई राष्ट्रिय सभाको उम्मेदवार बनाइने भएको छ।

एमाले सचिवालयमा भएको छलफलपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूको नाम अन्तिम रूप दिएका हुन्।

 निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम तय गरेको छ।

यसैबीच एमालेले ११ औँ महाधिवेशनपछि लुम्बिनी प्रदेश र प्रदेशका १२ जिल्लामा इन्चार्ज तोकेको छ । प्रदेशसँगै अधिकांश जिल्लामा पुरानै अनुहार तोकिए पनि केहीमा नयाँले पनि जिम्मेवारी पाएका छन् ।

प्रकाशित : २३ पुस २०८२, बुधबार, ,