breaking news

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको मूल्य २ लाख ५१ हजार ९ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २४ मंसिर २०८२, बुधबार, ,