breaking news

सबै धर्मप्रति मेरो सम्मान छ : प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफूले समान सम्मान राख्ने स्पष्टिकरण दिएकी छन्।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा व्यक्त गरिएको अभिव्यक्तिमाथि आएका टिप्पणीप्रति ध्यानाकर्षण भएको बताउँदै उनले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो कुनै पनि आशय नरहेको प्रष्ट पारिन्।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री कार्कीले शान्ति, सद्भाव र सहिष्णुताको वातावरण जोगाइ राख्न सबैसँग आग्रह गरेकी छन्।

उनले भनेकी छन्, “लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन्। कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन। सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।”

प्रकाशित : १४ मंसिर २०८२, आइतबार, ,