काठमाडौं । नेकपा एमालेले आगामी मङ्सिर २७ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।
एमाले महासचिव शङ्कर पोखरेलले पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत गरे ।
प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यो गलत छ भन्ने साबित गर्नका लागि आफूहरूले जनसभा गर्न लागेको जानकारी दिए ।
जनसभाको तयारी स्वरुप एमालेले यही कात्तिक २२ गते देशैभरी सबै वडामा वडास्तरी जनभेला, २५ गते पालिकामा जन र्याली, २९ गते जिल्लामा जनसभा र मङ्सिर ६ गते उपत्यकास्तरीय र्याली तथा सभाको आयोजना गर्ने महासचिव पोखरेल जानकारी दिए ।























प्रतिक्रिया