breaking news

नेविसंघले बालेन र सुदनविरुद्ध दियो उजुरी



काठमाडौँ । महानगरपालिकाका मेयर बालेन साह र ‘हामी नेपाल’ (एनजिओ)का संस्थापक सुदन गुरुङविरुद्ध नेविसंघले उजुरी दिएको छ । नेपाली काँग्रसनिकट बिद्यार्थी संगठन  नेविसंघले आज काठमाडौँ प्रहरी परिसर र ललितपुर प्रहरी परिसरमा उजुरी दिएको हो ।

नेबिसंघले जेनजी आन्दोलनमा भएको सरकारी तथा निजी सम्पतिमाथि तोडफोड, लुटपाट र आगजनीमा बालेन शाह र सुदन गुरुङको हात रहेको दावि गरेको छ । दुई जनालाई तत्काल पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउनुपर्ने उजुरीमा उल्लेख छ । नेविसंघका केन्द्रीय सदस्यहरु अशोकसिंह विष्ट, विजय साह, मनिषजंग थापा लगायतका नेताहरु उजुरीकर्ता रहेको पत्रमा २४ घण्टाभित्र दर्तासम्बन्धमा जवाफ दिन प्रहरीलाई पनि आग्रह गरिएको छ ।

यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियु, सिन्धुलीका युवराज पौडेल (सफल)ले पनि बालेन शाह र सुदुन गुरुङलाई उजुरी दिएका थिए ।

प्रकाशित : २६ आश्विन २०८२, आइतबार, ,