काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।
आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो बरियतामा रहेका उत्कृष्ट छवि, अटुट इमान र दृढ नेतृत्वका खापुङलाई नेपाल प्रहरीको ३२औं महानिरीक्षक बनाउने निर्णय गरेको हो ।
हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । उनी अवकाशमा गएसँगै खापुङ नेपाल प्रहरीको ३२औं आइजिपी हुनेछन्।
खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख छन् । उनले अहिलेका आईजीपी थापासँगै इन्स्पेक्टर भर्नाका लागि फारम भरेका थिए ।
तीन दशकको सेवायात्रामा खापुङले अपराध अनुसन्धानदेखि प्रदेश कमान्डसम्मका संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारीहरू सफा छवि, निष्पक्ष निर्णय र परिणाममुखी कार्यशैलीसहित पूरा गरेका थिए।खापुङ हालसम्म विवादमा परेका छैनन् ।























प्रतिक्रिया