समाचार

२४ लाख ५० हजार नगदसहित पक्राउ परे मालपोत प्रमुख



काठमाडौं,असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई घुससहित पक्राउ गरेको छ।

आयोगले मंगलबार दिउँसो आचार्यलाई भूमिसुधार कार्यालयबाट २४ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिएको आयोग स्रोतले जानकारी दियो।

उनीसँगै आयोगले कार्यालय सहयोगी टिकाराम राउतलाई पनि पक्राउ गरेको छ। उनलाई थुनाका लागि अख्तियारको केन्द्रीय कार्यालय लगिएको छ।

प्रकाशित : ३२ असार २०८२, बुधबार, ,