समाचार

होटल व्यवसायी महांसंघ सरकारसँग सहकार्य गर्न तयार



होटल व्यवसायी महासंघ नेपाल आफ्नो व्यवसायिक गतिविधि सँगै सामाजिक उत्तरदायित्व बहन कार्यमा प्रतिवाद्ध रहेको जानकारी गराउंदै आज काठमाडौँका थापाथली लगायतका बिभिन्न जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जानकारी गराउँदछौं।

महासंघ अन्तर्गत काठमाडौं उपत्यकामा रहेका सदस्य संस्थाहरूमा आवद्ध होटलहरू मार्फत आवश्यक समन्वय गरी तत्काल करिब १००० जनासम्म नागरिकहरूलाई अस्थायी रूपमा सुरक्षित आश्रयस्थल (बसोबास) उपलब्ध गराउन सकिने व्यवस्था मिलाउन हामी सक्षम छौं। उद्धार गरिएका व्यक्तिहरूको सम्मान, सुरक्षा र आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित रूपमा आवास उपलब्ध गराउने हाम्रो स्पष्ट प्रतिबद्धता रहेको छ।

यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, व्यवस्थापन र सहकार्य गर्न महासंघ नेपाल तत्पर रहेको समेत जानकारी गराउँदछौ ।

प्रकाशित : १२ बैशाख २०८३, शनिबार, ,