breaking news

१९ अंकले घट्यो नेप्से, सामुहिक लगानी कोष बाहेक सबै सुचक रातै



काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १९ दशमलव ९२ अंकले घटेर २५ सय ९५ दशमलव १० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९६ अंकले घटेर चार सय ४८ दशमलव २६ अंकमा पुगेको छ । तीन सय ४५ वटा कम्पनीहरुको ७० हजार पाँच सय ७६ पटकको कारोबारमा एक करोड १२ लाख ९९ हजार तीन सय ३४ कित्ता किनबेच भएका छन् भने कुल कारोबार रकम चार अर्ब ५२ करोड ८७ लाख १५ हजार छ सय ७१ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेपनि बाँकी समुहरुको सुचक उच्च अंकले घटेको छ । आज बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ४१ अंकले घटेर १३ सय ४६ दशमलव २४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २८ दशमलव ९३ अंकले घटेर ३३ सय १४ दशमलव ७९ अंकमा पुुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय एक दशमलव ७३ अंकले घटेर १३ हजार ६८ दशमलव ९५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ८७ दशमलव शुन्य छ अंकले घटेर १० हजार सात सय ६७ दशमलव ८५ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज एसवाई प्यानल लिमिटेडले सबैभन्दा बढी कमाउँदा सिन्धु बिकास बैंकले सबैभन्दा बढी गुमाएको छ । स्वष्तिक लघुवित्त वित्तीय संस्थाको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।

प्रकाशित : ६ पुस २०८२, आइतबार, ,