breaking news

क्यानका निलम्बित महानिर्देशक अधिकारी पुर्पक्षका लागि कारागार चलान



काठमाडौं। नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको भन्दै दायर मुद्दामा आइतबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा राख्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिपोर्ट निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

आइतबारको थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि अधिकारीलाई सोही दिन डिल्लीबजार कारागार चलान गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रकाशित : २२ मंसिर २०८२, सोमबार, ,