breaking news

राष्ट्रपति पौडेल कतार प्रस्थान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गरेका छन्।

उनी कात्तिक १८ देखि २० गतेसम्म दोहामा आयोजना हुने *‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’*मा सहभागी हुने कार्यक्रमसहित आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन गएका हुन्।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले बिदाइ गरेका थिए।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो।

प्रकाशित : १७ कार्तिक २०८२, सोमबार, ,