काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज पत्रकारसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो धारणा सार्वजनिक गर्न लाग्नुभएको छ ।
जेनजी आन्दोलनपछि सत्ता गुमाएका ओलीले पहिलोपटक पत्रकारहरुमार्फत् राजनीतिक स्थिति र हालको घटनाक्रमबारे आफ्नो दृष्टिकोण व्यक्त गर्ने तयारी गर्नुभएको हो ।
पत्रकार भेटघाट कार्यक्रम आज दिउँसो १ बजे ललितपुरको रामबाग महलमा आयोजना गरिएको एमालेले जनाएको छ ।
यही स्थानमा एमाले केन्द्रीय कमिटीको बैठक पनि सम्पन्न भएको थियो।























प्रतिक्रिया