बडा दशैं २०८२ को अवसरमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-४ स्थित ईष्ट पोइण्ट एकेडेमीले शिक्षा मात्र नभई नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरेको छ।
संस्कार सहितको शिक्षा आजको आवस्यकता, नेपाली संस्कृति जगेर्ना हाम्रो प्रतिबद्धता भन्ने मुल अभिप्राय सहित
बडा दशैंको चौथो दिन बिहीवार आयोजित कार्यक्रम अन्तर्गत विद्यालयका प्रधानाध्यापकको हातबाट टिका–जमरा ग्रहण गर्दै शुभकामना आदान–प्रदान गरिएको छ। साथै पछिल्लो समय गाउँघरमा लोप हुँदै गएको लिङ्गे पिङ थापी विद्यार्थीलाई खेल्न दिइएको थियो। यसले विद्यार्थीलाई संस्कृतिसँग जोड्ने मात्र नभई रमाइलो वातावरणमा मिलन–मिलाप बढाउने अवसर पनि प्रदान गरेको थियो ।
विद्यालय प्रीन्सिपल दामोदर भारतिले संस्कृतिको संरक्षण र प्रवर्द्धन शिक्षा–संगै अघि बढाउनु आजको आवश्यकता भएकाले आगामी दिनमा पनि यस्ता गतिविधिहरु निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

























प्रतिक्रिया