काठमाडौं । सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३ सचिवको सरुवा गरेको छ।
रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयको सचिव तोकिएको छ।
गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारी दिइएको छ भने योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।























प्रतिक्रिया