breaking news

पुर्ब मन्त्री शेरबहादुर तामाङले गरे भोट अपिल सहित ६ हजार बढी भोट सहयोग



नेकपा एमालेका स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले टेलिभिजन रियालिटी शो नेपाल आइडलको छैटौँ संस्करणको फाइनलिस्ट सिन्धुकी चेली गङ्गा सोनामलाई जिताउन छ हजार भोट सहित सार्वजनिक आह्वान गर्नु भएको छ । एमाले नेता शेर बहादुर तामाङद्धारा गंगालाई जिताउन छ हजार भोट सहित शुभकामना ब्यक्त गर्नुभएको हो ।नेता तामाङ शनिबार गंगालाई भेट गरी छ हजार भोट बरारबरको रु साठी हजार प्रदान गर्नुभएको तामाङको सचिबालयले जानकारी दिएको हो ।

नेता तामाङले भेटघाट कार्यक्रमको आयोजना गरेर गंगालाइ जिताउन सार्वजनिक आह्वान गर्नु भएको हो । फाइनलमा प्रवेश गरेकी सिन्धुपाल्चोककी चेली गङ्गालाई भोट गरेर जिताउन देश तथा विदेशमा रहेका सबैलाई उहाँले आह्वान गर्नु भएको छ । फाइनलमा पुगेकी सोनामलाई हौशलाको लागि आज बेलुकी कि को फिनाले प्रत्यक्ष सहभागी भएर हेर्ने नेता तामाङले बताउनु भयो ।

प्रकाशित : १५ भाद्र २०८२, आइतबार, ,