समाचार

पूर्बराजालाई ७ लाख ९३ हजार जरिवाना



काठमाडौं । महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा विभिन्न शीर्षकमा ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।

हिजो शुक्रबार राजावादी आन्दोलनका आन्दोलनकर्ताहरुले काठमाडौं महानगरपालिका ३२ तीनकुने क्षेत्रमा सडकपेटी फोहर गर्नुकोसाथै प्रदुषण गरेको भन्दै शाहलाई जरिवाना गराएको हो ।

महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नियम उल्लंघन गरेको आरोप लगाएको छ । पत्रमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सम्बोधन गर्दै ठेगानामा निर्मल निवास, काठमाडौं उल्लेख गरिएको छ।

कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेबापत रु १ लाख,महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे बापत रु १ लाख,तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे बापत रु १ लाख,जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे बापत रु १ लाख,बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे बापत रु १ लाख,सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरे बापत रु १ लाख,दमकल तोडफोड गरे बापत रु १ लाख ३० हजार,तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड गरे बापत रु ६३ हजार जरिवाना तोकिएको छ। file foto

प्रकाशित : १६ चैत्र २०८१, शनिबार, ,