समाचार

चितुवाको छालासहित एक जना पक्राउ



कैलाली । धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित मिलनसार गेष्ट हाउसबाट चितुवाको छाला सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटी घर भएका २६ वर्षीय नरेश साउँद छन्।
उनलाई ८ फिट २ इन्च लम्बाई र २ फिट २ इन्च चौडाई भएको चितुवाको जस्तो देखिने छाला १ थान सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २९ माघ २०८१, मंगलबार, ,