समाचार

हमासले सार्वजनिक गरेको २० युद्धबन्दीको सूचीमा विपिन जोशीको नाम छैन



काठमाडौं । इजरायलसँग युद्धविराम सहमति भएको केही दिनमै हमास लडाकुले मुक्त गराउने २० जना युद्धबन्दीको नामावली सार्वजनिक गरेको छ । तर उक्त सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश छैन ।

हमासले सोमबारभित्र मुक्त गर्ने भनिएका ती २० जना सबै इजरायली नागरिक रहेको जनाइएको छ ।

अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच दुई वर्षदेखिको युद्ध रोक्ने सहमति बिहीबार भएको थियो । उक्त सम्झौताअनुसार पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका जीवित र मृतक गरी ५० जनालाई फिर्ता गराउने सहमति भएको हो ।

तर, इजरायलको किवुत्ज सहरबाट हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक विपिन जोशीको अवस्थाबारे अझै स्पष्ट जानकारी आएको छैन ।

प्रकाशित : २४ आश्विन २०८२, शुक्रबार, ,