समाचार

नेप्सेमा झिनो अंकले गिरावट, पाँच वटा समुहले गुमाउँदा सात वटाले कमाए



काठमाडौं । नेप्सेमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन आठ दशमलव ७८ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार एक दशमलव ६४ अंकले घटेर २७ सय ११ दशमलव २२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ८० अंकले बढेर चार सय ६३ दशमलव १२ अंकमा चढेको छ । तीन सय ३६ वटा कम्पनीहरुको ४७ हजार आठ सय ४१ पटकको कारोबारमा ७१ लाख ३१ हजार पाँच सय ५७ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार सात सय ७९ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । ति मध्ये बिकास बैंक समुहको सुचक ३० दशमलव २२ अंकले घटेर पाँच हजार सात सय ९२ दशमलव ८० अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ३९ दशमलव ७५ अंकले घटेर १२ हजार तीन सय १३ दशमलव ३२ अंकमा पुगेको छ । जलबिद्युत, उत्पादनमुलक र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने दुई दशमलव ४० अंकले बढेर १४ सय ३० दशमलव ५८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २० दशमलव ४६ अंकले बढेर १० हजार छ सय ३६ दशमलव ८४ अंकमा पुगेको छ । फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज फरवार्ड माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सोलु हाईड्रोपावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रकाशित : २३ बैशाख २०८३, बुधबार, ,