अर्थ

बैंकहरुले बढाए खुद मुनाफा



काठमाडौं । बाँणिज्य बैंकहरुको खुद मुनाफा बढेको छ । बैंकहरुले मंगलबारसम्म सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरुले ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ३० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुको यस्तो नाफा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैंयाँ रहेको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासिक अवधिमा सानिमा बैंकले दुई अर्ब ३५ करोड दुई लाख दुई हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा नेपाल बैक, एभरेष्ट बैंक र एनएमबी बैंकले पनि क्रमशः दुई अर्ब ७९ करोड २९ लाख ८१ हजार, तीन अर्ब ३२ करोड ९३ लाख १६ हजार र दुई अर्ब ६८ करोड ७७ लाख ८५ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाएकाछन् । कृषि, कुमारी, माछापुच्छे«े र सिद्धार्थ बैंकले पनि यस अवधिमा क्रमशः एक अर्ब ३९ करोड ३९ लाख ७३ हजार, चार अर्ब १७ करोड ८० लाख ४८ हजार, एक अर्ब ६५ करोड ८६ लाख ५९ हजार र दुई अर्ब एक करोड ४८ लाख ५५ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाएकाछन् ।

चालु आवको तेस्रो त्रैमासिक अवधिमा हिमालयन, प्राईम, नबिल र ग्लोवल आईएमई बैंकले पनि क्रमशः ७६ करोड २५ लाख ३६ हजार, तीन अर्ब आठ करोड ९३ लाख ३५ हजार, छ अर्ब ७६ करोड ४६ लाख ४६ हजार र चार अर्ब ४० करोड ११ लाख ७८ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाएकाछन् । नेपाल एसबिआई, लक्ष्मी सनराईज, नेपाल इन्भेष्टमेन्ट मेगा र स्टान्र्डड चार्टड बैंकले भने चालु आवको पछिल्लो त्रैमासमा क्रमशः एक अर्ब ४६ करोड १७ लाख ८५ हजार, दुई अर्ब तीन करोड ८१ लाख ८४ हजार, तीन अर्ब १७ करोड ९८ लाख ९३ हजार र दुई अर्ब आठ करोड १६ लाख २१ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाएकाछन् ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासिक अवधिमा सिटिजन्स, एनआईसी एशिया, राष्ट्रिय बाँणिज्य बैंक र प्रभु बैंकले भने क्रमशः एक अर्ब ३० करोड ६४ लाख ६१ हजार, १४ करोड तीन लाख २४ हजार, दुई अर्ब ७६ करोड २० लाख ५९ हजार र ८५ करोड १५ लाख २३ दुई हजार रुपैंयाँ खुद मुनाफा कमाएकाछन् ।

प्रकाशित : १५ बैशाख २०८३, मंगलबार, ,